Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकपको उपाधि जित्ने सपना बोकेका मेस्सीले भने, ‘यो मेरो अन्तिम विश्वकप हो’


    बुधबार, मंसिर २८ २०७९
    540
    Shares
  • २ मिनेट पाठ
  • एजेन्सी। अर्जेन्टिनाका स्टार फुटबलर ३५ वर्षीय लियोनल मेस्सीले कतारको राजधानी दोहामा जारी फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् ।  मेस्सीले सन् २०२२ को फिफा विश्वकप आफ्नो अन्तिम हुने र डिसेम्बर १८ को फाइनलपछि सन्यास लिने घोषणा समेत गरेका छन् । 

    विश्वकप फुटबलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान मेसी आफ्नै कप्तानीमा विश्वकपको उपाधि जित्ने सपनाको नजिक पुगेका छन् । 

    गएराति पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनल प्रवेश गरेको छ। फाइनल डिसेम्बर १८ मा आइतबार हुनेछ ।

    दोस्रो सेमिफाइनल मोरक्को र डिफेन्डिङ च्याम्पियन फ्रान्सबीच हुनेछ । क्रोएसियाविरुद्धको खेलमा मेस्सीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले पेनाल्टीमा गोल गर्नुका साथै अल्भारेजको एक गोलमा असिस्ट पनि गरेका थिए ।

    गत वर्ष कोपा अमेरिकाको उपाधि जितेका मेस्सीको यो पाँचौं विश्वकप हो । मेस्सीले यस विश्वकपमा उपाधि जितेर आफ्नो सपना पूरा गर्ने आशा राखेका छन् ।

    खेलपछि मेस्सीले भने,  ‘विश्वकपमा फाइनल खेलेर आफ्नो यात्रा समाप्त गर्न पाउँदा निकै खुसी छु । यो वास्तवमा निकै सुखद छ । यो विश्वकपमा जे भयो, त्यो निकै भावनात्मक रह्यो । अर्जेन्टिनाका मानिसहरूले यसको कति आनन्द लिनुभयो भनेर हेर्नु पनि निकै सुखद रह्यो । अर्को विश्वकप आउन अझै लामो बाटो छ । म त्यति लामो समयसम्म गर्न सक्छु जस्तो लाग्दैन । यसरी विश्वकपको यात्रा समाप्त गर्नु शानदार हो । ’

    hp-mesi-waqmqw00utjpg3kmtevpry.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार