Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अन्ततः ओलीले सच्याए समानुपातिक सूची


    मंगलबार, मंसिर २७ २०७९
    850
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक सूची सच्याएका छन् । अध्यक्ष ओलीले प्रदेश १ प्रदेशसभामा समानुपातिक सूचीमा पठाएको नामावली मध्ये एक जना र मधेश प्रदेशमा २ जनाको नाम सच्याएका हुन् । 

    एमालेले प्रदेश १ अल्पसङ्ख्यक कोटाबाट निर्वाचन आयोगलाई सिफारिस गरेको लहरुमाया जिमी (याख्खा) को स्थानमा सुनसरीकी यशोदा कायस्थलाई राखेको छ । एमालेले पठाएको सिफारिसमा भने क्रमसङ्ख्या मिच्दै जिमीलाई सिफारिस गरेपछि निर्वाचन आयोगले सच्याउन निर्देशन दिएको थियो । सोही अनुसार एमालेले आज कायस्थको नाम पठाएको हो । 

    एमालेले मधेशमा क्र.सं.१८ को शिला यादवको सट्टा सोभन्दा पछिल्लो क्रममा रहेको अल्पसङ्ख्यकभित्रको प्राथमिकता क्रम सङ्ख्या ८ को राजपती देवी जैसवालको नाम कायम गर्न आयोगलाई आग्रह गरेको छ । 

    त्यसैगरी एमालेले मधेशमा क्र.सं.४० को नाजिमा खातुनको सट्टामा सोभन्दा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्रको प्राथमिकताक्रम सङ्ख्या १ को जैनव खातुनको नाम कायम गरिदिन अनुरोध गरेको छ । 

    yamale.png
             

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार