Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकपमा बेटिङ गराएको आरोपमा एक युवक पक्राउ


    मंगलबार, मंसिर २७ २०७९
    750
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । कतारमा जारी विश्वकप २०२२ को खेलमा बेटिङ गराएको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

    पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका-१ घर भई ललितपुरको सानेपा बस्‍ने २० वर्षीय आदर्श ठाकुर हुन् । उनले विश्वकप लगायत खेलमा प्रयोग हुने रूसी बेटिङ एप वानएक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गरेको प्रहरीले जनाएको छ । 

    उनले डिजिटल वालेटमार्फत संकलन गर्ने रकम नाबिल,सिद्धार्थ र एनआइसी एसिया बैंकमा राख्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनले नाबिलबाट ६९ लाख ६ हजार ७७०, सिद्धार्थबाट ४५ लाख ५३ हजार ५२३ र एनआइसी एसियाबाट ८८ लाख २४ हजार १५५ गरी जम्मा २ करोड २ लाख ८४  हजार ४४८ रुपैयाँको कारोबार गरेको कार्यालयाका सूचना अधिकारी कृष्ण प्रसाद कोईरालाले जानकारी दिए । 

    पक्राउ परेका ठाकुरमाथि मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको उनले बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार