Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वाेच्च अदालतले चोलेन्द्र शमशेर जबराको बिदाइ कार्यक्रम नगर्ने 


    मंगलबार, मंसिर २७ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सर्वाेच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अन्तिम बिदाइ कार्यक्रम नगर्ने भएको छ । जबरा आज मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त भएका छन् ।

    गत १ फागुनमा संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका जबरा सर्वाेच्च अदालत नफर्की बिदा भएका हुन् । सर्वाेच्च अदालतले औपचारिक रुपमा उनको बिदाइ नगर्ने भएको छ । 

    ‘उहाँ (जबरा)ले आजबबाट ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउनु भएको छ,’ सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले भने, ‘उहाँको बिदाइ सर्वाेच्चले गर्दैन । बिदाइ कार्यक्रम पनि राखेको छैन ।’  

    गत १ फागुनमा जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार