Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीलाई 


    मंगलबार, मंसिर २७ २०७९
    550
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीले हात पारेको छ। २२ वर्षीया जर्मन प्रतियोगी जस्मिन सेलबर्गले यस वर्षको प्रतिष्ठित ताज जित्न सफल भइन् । जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषित भए ।

    विश्व प्रतिष्ठित मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । सन् २०२० र सन् २०२१ को संस्करण कोभिड महामारीले हुन सकेका थिएनन् ।

    यसपटकको पेजेन्टको नारा दिगो विकासका लागि सौन्दर्य राखिएको थियो । राष्ट्रसंघीय सहश्राब्दी लक्ष्यको लोगो लगाएर प्रतिस्पर्धीले र्‍याम्प नापेका थिए । प्रतिस्पर्धीले पाँच महादेशका कन्टिनेन्टल क्वीनको लागि पनि मतदान गरे ।

    जसमा एसियाबाट जापान, अफ्रिकाबाट काबो भर्डी, युरोपबाट फिनल्याण्ड, ओसियानाबाट न्युजिल्याण्ड र उत्तर अमेरिकाबाट अमेरिका कन्टिनेन्टल क्वीन घोषित भए । उज्वेकिस्तानले नेसनल कस्ट्युम, पेरुले इभिनिङ गाउन, बेलायतले स्वीमसुट र इक्वेडरले मिस फोटोजेनिक विधामा जित दर्ता गरे ।

    नेपालबाट यसपटक न्यान्सी खड्काले प्रतिस्पर्धा गरेकी थिइन् । इभिनिङ गाउन, स्वीमसुट र अन्य क्रियाकलापमा राम्रो प्रतिक्रिया प्राप्त गरे पनि नेपाल अन्तिम १५ मा पनि प्रवेश गर्न सकेन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार