Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जग्गाको विषयमा विवाद हुँदा कटपिट गरेर ७० वर्षीया जेष्ठ नागरिकको हत्या


    मंगलबार, मंसिर २७ २०७९
    2.5K
    Shares
  • १ मिनेट पाठ
  • सर्लाही।  जग्गाको विषयमा विवाद हुँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको कटपिट गरेर हत्या गरिएको छ। 
     
    हत्या आरोपमा उनकै देवर नातापर्ने ६५ वर्षीय पुकार रायलाई हिजो सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

    पुकार राय, उनको छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय र बुहारी ३० वर्षीया अनिता देवी रायसमेत मिली जग्गाको विषयलाई लिएर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    उक्त घटनामा संलग्न रही फरार भएका जितेन्द्र र अनिताको खोजी भइरहेको प्रहरीले बताएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार