काठमाडौं। दाङमा ट्याक्टरबाट खसेर एक जना १७ वर्षीय युवकको मृत्यु भएको छ । दाङको दंगिशरण गाउँपालिका – ३ एकलीमा ट्याक्टरबाट खसेर स्थानीय सुदिप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।
सोमबार साँझ रा १ त ४५९३ नम्बरको गुडिरहेको ट्याक्टर चौधरी अचानक खसेका थिए । ट्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय हेकुलीले जानकारी दिएको छ ।