Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय प्रधानमन्त्री मोदीलाई मार्न तयार हुनुहोस् भन्ने कांग्रेस नेता पक्राउ


    मंगलबार, मंसिर २७ २०७९
    550
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। भारतीय कांग्रेस नेता एवम् पूर्वमन्त्री राजा पटेरिया पक्राउ परेका छन्। 

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा उनलाई आज मंगलबार पक्राउ गरिएको हो । हिजो सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न’ एउटा मानिसहरूको समूहलाई दुरुत्साहन गरेका थिए । 

    एउटा भाइरल भिडियोमा पटेरियाले पार्टी कार्यकर्ताहरूको भेलामा भनेका छन्, ‘मोदीले चुनाव अन्त्य गर्नेछन्, मोदीले धर्म, जात, भाषाको आधारमा विभाजन गर्नेछन्, दलित, आदिवासी र अल्पसंख्यकको जीवन खतरामा छ । संविधान बचाउनु छ मोदीलाई मार्न तयार हुनुहोस् । ’

    उनको टिप्पणीपछि, मध्य प्रदेश सरकारले पूर्वराज्यमन्त्री पटेरियाविरुद्ध मुद्दा चलाउन प्रहरीलाई आदेश दिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार