काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज हुने भएको छ । मंगलबार राति पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया कतारको लुसेल रंगशालामा भिड्ने छन् ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुने कार्यतालिका छ ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अन्तिम विश्वकप जित्ने पर्ने योजनामा छन् । यता, सन् २०१८ को विश्वकपमा उपविजेता क्रोएसिया पनि दोस्रो संस्करणमा फाइनल भन्ने होडमा छ ।
सोही कारण आजको खेल रोचक भन्ने अनुमान गरिएको छ । त्यस्तै बुधबार साविक विजेता फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ ।