काठमाडौँ । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीसहित ६ जनाको ज्यान गएको छ । क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा सोमबार दिउँसो गोली चल्दा उनीहरुको मृत्यु भएको हो ।
क्वीन्सल्याण्ड पुलिस युनियनका अध्यक्ष इयान लिभर्सले भने, ‘उनीहरू बंगलामा प्रवेश गर्ने बित्तिकै गोलाबारीमा परेका थिए । उनीहरूले मौका पाएनन् ।’
प्रधानमन्त्री एन्थोनी अल्बानीजले उक्त घटनाप्रति आपत्ति जनाएका छन् । उनले सोमबार अष्ट्रेलियाका लागि “हृदयविदारक दिन“ भनेका छन् ।