काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ तोेकेको छ । जसअनुसारबिक्री दर भने १६० रूपैयाँ १५ पैसा निर्धारण गरेको छ ।
आज डलरको खरिद दर १३१ रूपैयाँ ७६ पैसा र बिक्री दर १३२ रूपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ १२ पैसा र बिक्री दर १३९ रूपैयाँ ७५ पैसा तोकिएको छ ।
राष्ट्र बैँकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ७२ पैसा र बिक्री दर १६२ रूपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २२ पैसा तोकिएको छ ।