Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मिटरब्याजविरुद्धको प्रमाण संकलन 


    मंगलबार, मंसिर २७ २०७९
    815
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीले मिटरब्याजबाट पीडित भएका र मिटरब्याज लिएकाको प्रमाण संकलन गर्न थालेको छ । सरकारले गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि मिटरब्याज पीडितलाई निवेदन दिन गरेको आग्रहअनुसार जिल्ला प्रशासनमा परेका उजुरीमध्ये सहमति नभएका उजुरीको प्रमाण संकलनमा प्रहरी लागेको हो।

    मिटरब्याजीले रकम दिएको र ऋणीले लिएको प्रमाण खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। 

    उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट सहमति हुन नसकेर १३ उजुरी कारबाहीका लागि प्रहरी कार्यालय आएको छ। ती उजुरीमाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए। केही उजुरीका विषयमा सरकारी वकिल कार्यालयसँग राय माग्ने काम भइरहेको उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्म २३ उजुरी परेका थिए। 

    तीमध्ये एउटा उजुरीको सहमति भएको छ भने दुई उजुरी छलफलका क्रममा छन्। अन्य सात उजुरीको विपक्षी उपस्थित नभएकाले छलफल बाँकी रहेको कार्यालयका नायब सुब्बा विशाल श्रेष्ठले बताए । आजको नयाँ पत्रिकामा यो समाचार छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार