काठमाडौं महानगरले २९ मंसिरमा २८औँ महानगर दिवस मनाउँदै
सोमबार, मंसिर २६ २०७९
750
Shares
१ मिनेट पाठ
750
सेयर
काठमाडौं। काठमाडौं महानगरपालिकाले अगामी २९ गते बुधबार २८औँ महानगर दिवस मनाउने भएको छ । महानगरले उक्त दिवसका आवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । महानगरले उक्त अवसरमा आ–आफ्नो कार्यालयमा दिपावली गर्न आग्रह गरेको छ ।
महानगर दिवस मनाउने क्रममा आज काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीबीच दशरथ रंगशालमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सो क्रममा जनप्रतिनिधिको टिम पराजित भएको छ ।
महानगरले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरेपछि हरेक वर्ष मंसिर २९ गते महानगर दिवस मनाउँदै आएको छ ।