काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ ।
कार्यालयको अनुसार शैक्षिक सत्र २०७९/८० मा भर्ना भएका विद्यार्थीहरुले आगामी पुस १५ गते नियमित शुल्क बुझाएर र दोब्बर दस्तुर सहित पुस मसान्तसम्म फाराम बुझाउन सक्नेछन् ।
१५ पुसभित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्नेछ।
सम्बन्धित विद्यालयले माघ १५ बैंक भौचर र रजिष्ट्रेसन आवेदन फारम बोर्डको सम्बन्धित कार्यलयमा बुझाउनु पर्ने छ ।
यस्तै, पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचनाअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १.६ जीपीए प्राप्त गर्ने विद्याथीईले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही आधारमा रजिस्ट्रसेन फारम भर्नुपर्नेछ।