Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ


    सोमबार, मंसिर २६ २०७९
    535
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी।कैलालीमा प्रहरीले दुई जना भारतीय नागरिकलाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । भारतको लखिमपुर खिरीस्थित बेलापुर बस्ने ५० वर्षीय समिर सिंह र ५३ वर्षीय शेर सिंहलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका–७, वसन्ता गाउँबाट पक्राउ गरिएको हो ।

    लागूऔषध रहेको विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । 

    भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरूको साथबाट ३४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार