Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुटिन भन्छन्- तेल निर्यातमा मूल्य सीमा तोक्ने देशलाई बिक्री गर्दैनाैँ


    आइतबार, मंसिर २५ २०७९
    695
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब रूसले आफ्नो तेल निर्यातमा मूल्य सीमा तोक्ने कुनै पनि देशलाई तेल नबेच्ने बताएका छन्। रूसले आफ्नो तेल उत्पादन घटाउने विचार गरिरहेको पनि उनले बताएका छन् । 

    युक्रेन युद्धमा मस्कोको आर्थिक क्षमतालाई घटाउने उद्देश्यले सोमबार ग्रुप अफ सेभेन, युरोपेली युनियन र  अष्ट्रेलियाले रुसी तेलको प्रति ब्यारेल ६० डलरको मूल्य सीमा तोकेको छ ।

    ‘मैले पहिले नै भनेको छु कि हामी त्यस्ता निर्णय गर्ने देशहरूलाई बेच्दैनौं’, पुटिनले किर्गिस्तानको राजधानी बिस्केकमा क्षेत्रीय शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा बताए ।

    ‘आवश्यक परेमा हामी उत्पादनमा सम्भावित कमीको बारेमा विचार गर्नेछौं’ उनले भने । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार