Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राजस्व कार्यालयका कर्मचारी हुँ भन्दै बसपार्कका रेष्टुरेन्टबाट रकम ठगी गर्ने ८ जना पक्राउ


    आइतबार, मंसिर २५ २०७९
    825
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै काठमाडौंको बसपार्क क्षेत्रका होटल,रेष्टुरेन्ट र पसलबाट विभिन्न परिणाममा रकम असुल गर्ने ८ जनालाई पक्राउ गरिएको छ ।

    उनीहरुले काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट समेत गरी ५ लाख रुपैयाँ भन्दा बढी रकम ठगेको पाइएको छ ।

    उक्त ठगी आरोपमा पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

    उनीहरुले आन्तरिक राजस्व कार्यालयको कर्मचारीले जस्तै पोशाक लगाउनुका साथै परिचय पत्र पनि बोकेका प्रहरीले जनाएको छ । स्थानीय व्यवसायीले शंका लागेर प्रहरीलाई खबर गरेपछि २३ मंसिरको साँझ प्रहरी वृत्त बालाजुको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    अहिले उनीहरुविरुद्ध ठगी र कीर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार