Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुबईमा एयर इण्डिया एक्सप्रेसको जहाजमा सर्प भेटिएपछि…


    आइतबार, मंसिर २५ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। दुबईमा एयर इण्डिया एक्सप्रेसको जहाजभित्र सर्प भेटिएको छ। समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार बी ३७-८०० नम्बरको विमान केरलाको कालोकटबाट शनिबार दुबई अवतरण भएको  थियो।

    उक्त जहाजभित्र सर्प भेटिएपछि यहाँको नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ ।

    विमानको सामान राख्ने स्थानमा सर्प भेटिएको हो। विमानबाट सबै यात्रु सकुशल बाहिर निकालिएको थियो।

    नागरिक उड्डयन महानिर्देशनालयका एक अधिकारीले जहाजभित्र सर्प भेटिएकोबारे जानकारी दिँदै सर्प निकाल्न एयरपोर्टको फायर सर्भिसलाई बोलाइएको बताएका छन्।

    उनले ग्राउन्ड ह्याडलिङका क्रममा गल्ती भएका कारण सो घटना भएको बताएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार