Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस आज कति रुपैयाँले बढ्यो सुनको मूल्य ?


    आइतबार, मंसिर २५ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सुनको मूल्य केही दिनदेखि लगातार उकालो लागिरहेको छ। आज साताको पहिलो कारोबार दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो। 

    यसदिन छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा दुई सयले बढेर १ लाख पाँच सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख तीन सयमा कारोबार भएको थियो । 

    आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रहेको छ । अघिल्लो दिन तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय थियो ।  
       
    त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १०ले बढेको छ। आज चाँदी तोलाको एक हजार चार सय रुपैयाँ रहेको महासङ्घले जनाएको छ । 
        

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार