Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस आज विदेशी मुद्राकाे विनिमय दर


    आइतबार, मंसिर २५ २०७९
    745
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज  अमेरिकी डलरको खरिद मुल्य १३१ रुपैयाँ ३४ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ९४ पैसा छ ।

    यता, युरोपियन युरो  एकको खरिददर १३८ रुपैया ६६ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा कायम रहेको छ । अष्ट्रेलियन डलरको खरिदर ८८ रुपैयाँ ७९ पैसा  र बिक्रीमा ८९ रुपैयाँ २० पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ ।

    यस्तै,  क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, सिंगापुर डलरको खरिददर ९७ रुपैयाँ १३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५७ पैसा, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६५  पैसा र बिक्रीमा ९ रुपैयाँ ६९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ र बिक्रीमूल्य ३५ रुपैयाँ ९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार