राष्ट्र बैंकभित्र छुट्टै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा
शुक्रबार, मंसिर २३ २०७९
690
Shares
१ मिनेट पाठ
690
सेयर
काठमाडौं। नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्ने भएको छ ।
महाशाखाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण गर्ने निर्णय भएको राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी जनाएको छ ।
राष्ट्र बैंकका अनुसार आगामी १ माघदेखि कार्य सञ्चालनमा आउने गरी बैंकभित्र अलग्गै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गरिन लागेकाे हाे ।