एजेन्सी।भारतको गुजरात विधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। उक्त मतपरिणाम आउने क्रम जारी रहँदा गुजरातको विधानसभा चुनाव फेरि भारतीय जनता पार्टी (भाजपा) ले जित्ने देखिएको छ । बिहीबार बिहान ८ बजेदेखि मतगणना सुरु भएको हो।
गुजरातमा पछिल्लो २७ वर्षदेखि भाजपा शासनमा छ । गुजरातमा सरकार बनाउन कुनै पनि दलले कम्तिमा ९२ सिट जित्नु पर्छ।
यस्तै,पछिल्लो मतपरिणामअनुसार भाजपा ७९ स्थानमा विजयी हासिल गरी अग्रस्थानमा छ भने ७८ स्थानमा लिड गरिरहेको छ।
यस्तै, भारतीय कंग्रेस आइले ३ स्थानमा विजयी भएको छ। कंग्रेसले १३ स्थानमा अग्रता लिएको छ।
यसपटक भने आम आदमी पार्टी पनि कडा प्रतिष्पर्धाबीच चुनावी मैदानमा देखिएको छ। आम आदमी पार्टीले १ स्थानमा विजयी भएको छ भने ४ स्थानमा अग्रता लिएको छ।
गुजरात विधानसभाको १८२ सिटका लागि दुई चरणमा निर्वाचन भएको हो। पहिलो चरणमा १९ जिल्लामा ८९ सिटका लागि मतदान भएको थियो।
यसमा ६१ पार्टीका ८३३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
२०१७ सालमा गुजरातको विधानसभा निर्वाचनमा १८२ सिटमध्ये ९९ सिट जितेर भाजपाले सरकार बनाएको थियो।