नवलपरासी । नवलपुरमा आज बिहानै सवारी दुर्घटना भएको छ ।
बागलुङबाट भैरहवाका लागि हिंडेको लु १ ख ४६७० नम्बरको बस र पश्चिमबाट आइरहेकोे लु २ ख ८९३ नम्बरको ट्रक पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट, सुस्तापूर्व) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ को विनयी खोला नजिक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ ।