Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोंगबुबाट अवैध लागु औषधसहित १९ जना पक्राउ


    बुधबार, मंसिर २१ २०७९
    635
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौँको गोंगबुबाट अवैध लागु औषध ब्राउन सुगरसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका-१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम र उनीसहित १९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । 

    मगरको कोठामा लागू औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले खानतलासीका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । 

    प्रहरीका अनुसार उक्त कोठाबाट अवैध लागु औषधसँगै ६५ हजार ५० रुपैयाँ नगद पनि बरामद गरिएको छ । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार