Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर छली मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर


    बुधबार, मंसिर २१ २०७९
    2.4K
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प करछली मुद्दामा दोषी ठहर भएका छन्। ट्रम्पको पारिवारिक घर जग्गा कम्पनी कर छलीमा दोषी ठहर भएको हो  । न्युयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनले कर छली र अन्य आर्थिक अपराधमा दोषी ठहर गरेको हो । कम्पनीमाथि षडयन्त्र, झुट प्रतिबेदनलगायत १७ वटा अभियोग लगाइएको बिबीसीले जनाएको छ । 

    कम्पनीलाई एक दशकभन्दा बढी समयसम्म अपारदर्शी ढंगले आफ्ना शीर्ष अधिकारीहरूलाई नाफा दिएको आरोप लगाइएको छ । 

    कम्पनीलाई करिब १६ लाख डलर जरिवाना लाग्न सक्ने अनुमान गरिएको छ । अर्गनाइजेस दोषी ठहर भएसँगै सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई धक्का लाग्ने अनुमान गरिएकाे छ ।

    उक्त फैसलामाथि ट्रम्पले पुनरावेदन गर्ने प्रतिबद्धता जनाएका छन्। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार