काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा उपत्यकाका फोहोर व्यवस्थापनको निगरानी गर्न स्यानिटरी ल्याण्डफिल साइटमा सीसीटीभी जडान सुरु भएको छ ।
महानगरपालिकाको फोहोर व्यवस्थापनमा धेरै गुनासो आउन थालेपछि उक्त सिसिटिभी जडान कार्य सुरु गरिएको एक कर्मचारीले बताए ।
उनका अनुसार ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दा भइरहेको सम्पूर्ण गतिविधिबारे महानगरबाटै निगरानी गर्न सकिनेछ ।
मेयर बालेनले राष्ट्रिय सभागृहस्थित आफ्नै कार्यकक्षबाट निगरानी गर्नेछन् । “आवश्यकता अनुसार टेकु ट्रान्सफर स्टेसनमा सीसीटीभी जडान गरिसकेका छौँ । हाल बञ्चरेडाँडामा जडान भइरहेको छ,” उनले भने ।