Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने १८ बर्षीय किशोर पक्राउ


    मंगलबार, मंसिर २० २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका- ५ झुवानीटोलका १८ वर्षीय किशोर रहेका छन् । 

    सर्वसाधारणलाई झुक्क्याएर ठगी गर्ने उद्देश्यले नक्कली फेसबुक पेज बनाउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको जनाएको छ ।  

    उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार