Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङमा बस र टिपर एकापसमा ठोकियो, ८ जना घाइते


    मंगलबार, मंसिर २० २०७९
    665
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। दाङमा टिपर र बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।  उक्त भएको दुर्घटनामा ८ जना यात्रु घाइते भएका छन्।

    लमहीबाट घोराही जाँदै गरेको रा १ ख १३६० नम्बरको टिप्पर र घोराहीदेखि बुटवल जाँदै गरेको लु १ ख ८४७२ बस लमही नगरपालिका–६ बेलदमारमा ठोक्किएको थियो।

    दुर्घटनापछि अवरुद्ध सडक सुचारु गर्ने क्रममा तीन वटा कार र दुई वटा मोटरसाइकलमा क्षति पुगेको छ।

    दुर्घटनामा घाइते भएकाहरुको लमही अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार