काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका- २ सानोसरेमा जेठ १५ गते आइतबार २२ जनाको ज्यान जाने गरी भएको जहाज दुर्घटनाका अवशेषहरु संकलन गर्न थालिएको छ । सो बेला तारा एयरको विमानमा रहेका तीन चालकदलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी टुईनेटर विमान हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने पानीपाथी हिमालको फेदमा सानुसरे पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको थियो । विमानका सामग्रीहरु सोही क्षेत्रमा छरिएर रहेको अवस्थामा थिए । दुर्घटनापछि ब्ल्याक बक्स र मृतकको शव संकलन गरेर लगिएको थियो । अहिले विमानका पाटपूर्जा तथा अन्य सामग्रीहरु संकलन गर्न सोमबारबाट थालिएको हो