Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कपिलवस्तुका न्यायाधीश गिरीमाथि बन्धक बनाएर बलात्कार गरेको आरोप


    मंगलबार, मंसिर २० २०७९
    650
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ।  न्यायाधीश गिरीले एक जना महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको स्रोतले जनाएको छ। 

     जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पीडितले आफूलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा उजुरी दिएपछि अनुसन्धान थालेको हो ।

    पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् ।

    पीडितले दिएको उजुरीमा न्यायाधीश गिरीमाथि उक्त पीडित महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप छ ।

    राष्ट्रिय मानव अधिकार आयोग, न्यायपरिषद सचिवालय र राष्ट्रिय महिला आयोगले समेत अनुसन्धान थालेपछि न्यायाधीश गिरी १५ दिने बिदा बसेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार