महानगरको गेट अगाडी बागमती किनारमा बसेका सुकुम्बासीहरूको प्रदर्शन (फाेटाेफिचर)
मंगलबार, मंसिर २० २०७९
420
Shares
२ मिनेट पाठ
420
सेयर
काठमाडाैं। काठमाडौंको बागमति किनाराका सुकुमबासीहरुले आज पनि प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालीका थापाथली स्थित प्रशुतीगृह पछाडी बागमती किनारामा बसेका सकुमबासीहरुले विभिन्न माग राखी मंगलबार महानगरपालिकाको गेट अगाडि नै प्रदर्शन गरेका हुन् । सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले विना विकल्प उठिबास गराउन नपाइने भन्दै, असली सुकुम्बासीको व्यवस्था गर, नकाल्ली सुकुम्बासीलाई कारवाही गर भन्दै आक्रोश भएका छन्।
महानगरपालिकाले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउने तयारी गरेपछि आन्दोलनमा उत्रिएका भूमिहीनहरूले आफ्नो प्रदर्शन जारी राखेका छन् । बस्तीमा महानगरपालिकाले डोजर चलाउने तयारी गरेपछि आन्दोलित भएका सुकुम्बासीहरूले मंगलवार काठमाडौं महानगरपालिकाको गेट अगाडि प्रदर्शन गरेका एक सुकुम्बासीले बताए।
उनीहरुले वर्षाैंदेखि आफूहरु बस्दै आएको जमिनको लालपूर्जा दिन सरकारसँग माग गरेका छन्। गत सोमबार दिउँसो काठमाडौं महानगरपालिकाको टोली डोजरसहित थापाथलीको सुकुम्बासी बस्तीमा पसेपछि स्थानीयले ढुंगामुढा समेत गरेका थिए।
उचित बिकल्पविना नै आफूहरुलाई उठिबास लगाउन खोजिएको भन्दै बाग्मती किनारका सुकुम्वासीहरुले सरकारविरुद्ध पटक पटक विरोध गरेका छन्।उनीहरूले हिजो सोमबार माइतीघरमा प्रदर्शन गरेका थिए ।