काठमाडौं । कतारको राजधानी दोहामा जारी फिफा विश्वकप फुटबल २०२२ मा दक्षिण कोरियामाथि ४-१ गोलअन्तरको शानदार जितसहित ब्राजिल विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्टेडियम ९७४ मा भएको खेलमा पहिलो हाफमा ४ गोलको अग्रता बनाएर ब्राजिलले दक्षिण कोरियाको ब्राजिललाई हराएर इतिहास रच्ने रणनीति भंग गरेको हो।
यस्तै कोरियाले ७६औं मिनेटमा सान्त्वना गोल फर्कायो । कोरियाका सब्स्टिच्युड खेलाडी पायक सुंग होले बक्स बाहिरबाट शानदार गोल गरेका हुन् ।
ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल आगामी आइतबार हुनेछ । सोमबारै भएको खेलमा अर्को एसियाली देश जापानलाई पेनाल्टी सुटआउटमा पराजित गरी क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।