Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सञ्चारमन्त्री कार्कीले राष्ट्रपति भण्डारीसंग गरे भेटघाट, झन्डै ४५ मिनेट कुराकानी 


    मंगलबार, मंसिर २० २०७९
    775
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । 

    सञ्चारमन्त्री कार्की आज बिहानै राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । सत्ता समीकरणका विभिन्न प्रयास भइरहेका बेला कार्कीले राष्ट्रपतिलाई भेटेको स्रोतले जनाएको छ। उक्त भेटमा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

    उनीहरूबीच झण्डै ४५ मिनेट कुराकानी भएको थियो । भेटमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरणबारे राष्ट्रपतिले चासो राखेको स्रोतले जनाएको छ ।

    कार्कीले यही गठबन्धनलाई आगामी दिनहरुमा निरन्तरता दिने निर्णय गरेको बताएका थिए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार