Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


    मंगलबार, मंसिर २० २०७९
    525
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। रुपन्देहीमा टिपरको ठक्करबाट ३८ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका-२ हिरापुरमा सोमबार बुटवल-१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको प्रहरीले जनाएको  छ । 

    टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । रा१ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु२०प १९ ५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

    प्रहरीले टिपरसहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार