Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युक्रेनका शहरहरुमा रुसले मिसाइल आक्रमण गर्दा २ जनाको मृत्यु


    मंगलबार, मंसिर २० २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । युक्रेनका शहरहरुमा रुसले मिसाइल आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरुका अनुसार मिसाइल आक्रमणबाट दक्षिणी जापोरिजिया क्षेत्रमा कम्तिमा दुई जनाको ज्यान गएको छ। 

    युक्रेनका ऊर्जा क्षेत्रमा मिसाइलबाट क्षति भएको छ । यसैको कारण धेरै क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ ।

    आक्रमणपछि सार्वजनिक भएका केही तस्वीरहरुमा जाडोबाट जोगिन न्याना कपडा लगाएका मानिसहरु भूमिगत रेल स्टेशनहरुमा शरण लिएर बसेको देखिन्छ । यतिबेला त्यहाँको तापक्रम माइनस ५ डिग्री सेल्सियस छ ।

    युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एयर डिफेन्स फोर्सले केही रुसी मिसाइललाई असफल पारेको बताएका छन् । साथै उनले बिजुली आपूर्ति सुरु गराउने काम भइरहेको जानकारी पनि दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार