Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकिङ कसुरकाे आराेपमा एक जना पक्राउ


    सोमबार, मंसिर १९ २०७९
    790
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ का ४४ वर्षीय चानषबहादुर गिरीलाई आइतबार काठमाडौंस्थित सुकेधाराबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

    ५ लाख ५० हजार रुपैयाँ बिगो रहेको बैंकिङ कसुरमा गत साउन २६ गते पाटन उच्च अदालतबाट अनुमति लिई प्रहरीले खोजिरहेकोमा आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेलगत्तै आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार