काठमाडौं। कतारको राजधानी दोहामा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज राउन्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । जापान समूह ’ई’ बाट विजेता र क्रोएसिया समूह ’एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । यस खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ । दुवै टोली आफ्नो जित निकाल्ने योजनामा रहेका छन् ।
यस्तै, आज हुने अर्को खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । दक्षिण कोरिया ब्राजिललाई हराउदै इतिहास रच्ने रणनीतिमा छ। यसअघि यी दुई देशबीच ८ पटक भिडन्त भइसकेको थियो। जसमा ब्राजिलले आफ्नो जित निकाल्दै आएको थियो। ब्राजिल र दक्षिण कोरियाबीचको खेल स्टेडियम ९७४ मा नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । ब्राजिल समूह ’जी’ को विजेता र दक्षिण कोरिया समूह ’एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हुन् ।