Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टेलिकमले मोबाइलमा रिचार्ज गर्दा डेटा बोनस दिने


    सोमबार, मंसिर १९ २०७९
    575
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल टेलिकमका ग्राहकले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज  (टपअप) गरेवापत ग्राहकहरुले बाेनस स्वरूप डेटा पाउने भएका छन् । ग्राहकले रु. २००, रु. ५०० र रु. १००० दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।

    रु. २०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत एक दिन प्रयोग गर्न सकिने १ जीबी डेटा र रु. ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डेटा उपलब्ध हुनेछ ।

    त्यसैगरी रु. १००० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बाेनस स्वरुप प्राप्त हुनेछ ।

    यो अफर भोलि मंगलबारदेखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार