Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  डा. तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्यबाट दिइन् राजिनामा


    सोमबार, मंसिर १९ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । यही मंसिर ४ गते सम्पन्न आम निर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएकी डा. कार्कीले हिजो आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् ।

    काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले डा. कार्कीले हिजो आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको दाबी गरे । 

    ललितपुर क्षेत्र नं ३ बाट डा. कार्की नेकपा एमालेका अमृत खड्कालाई  पराजित गर्दै ३१ हजार १३६ मतसहित संसदमा पुगेकी हुन् ।

    यसअघि मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले तोसिमाको उम्मेदवारी कायम रहने निर्देशन दिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार