Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेको नागरिकतामाथि प्रहरीको छानबिन तीब्र


    सोमबार, मंसिर १९ २०७९
    635
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।  चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानविन तीब्र पारेको छ । लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि  जिल्ला प्रहरी परिसर काठमाडौंले लगेको छ । आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले प्रहरीबाट माग भएपछि लामिछानेले उम्मेदवारी  र पार्टी दर्ता गर्दा पेस गरेको नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको बताए । 

    लामिछानेको नागरिकतामा अनुसन्धान गर्न आयोगले गृह र परराष्ट्र मन्त्रालयलाई सिफारिस गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयले लामिछानेको नागरिकतामा छानविन अघि बढाउन आदेश दिएको थियो । 

    लामिछानेले विदेशी नागरिकता लिएर नेपाली नागरिकता नत्यागेको, विदेशी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको, पुरानै नागरिकताका आधारमा उम्मेदवारी दिएको, विदेशी पासपोर्ट नत्यागी नेपाली पासपोर्ट लिएको उजुरीका आधारमा छानविन भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार