Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेरी बढ्यो सुनको मुल्य, प्रतितोला १ लाख रुपैयाँ नजिक 


    सोमबार, मंसिर १९ २०७९
    655
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साप्ताहिक कारोबारको दोस्रो दिन (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। आज सूनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

    महासंघका अनुसार सोमबार तोलामा ४ सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ प्रतितोला पुगेको हो। यसअघि आइतबार पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो।

    यस्तै, तेजाबी सुनको मूल्य ९९ हजार ४०० रुपैयाँ कायम भएको छ। 

    यता चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १ हजार ३८५ पुगेको छ। आइतबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार