Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारको सम्पत्ति डेढ खर्ब (सम्पत्ति विवरणसहित)


    आइतबार, मंसिर १८ २०७९
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारको सम्पत्ति १ खर्ब ५० अर्ब ९५ करोड ९१ लाख रुपैयाँ देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक सम्पत्ति मूल्यांकन व्यवस्थापन प्रणालीमा समावेश गरेको तथ्यांकअनुसार सरकारी मन्त्रालय र तिनका निकायमा सो मूल्य बराबरको सम्पत्ति रहेको हो ।

    तथ्यांकअनुसार सबैभन्दा बढी गृह मन्त्रालयको ४४ अर्ब २८ करोड ७७ लाख रुपैयाँ सम्पत्ति रहेको छ भने सबैभन्दा कम दलित आयोगको २ करोड सम्पत्ति मौज्दात रहेको छ ।

    दोस्रो बढीमा रक्षा मन्त्रालयको ४१ अर्ब ४४ करोड र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ८ अर्ब १८ करोड रहेको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।

    यसैगरी हालसम्म सार्वजनिक निकायले नियमानुसार मूल्यांकन नगर्दा र प्राकृतिक स्रोतसाधनको समेत मूल्य निर्धारण गर्न नसक्दा सार्वजनिक सम्पत्ति कति छ भने खुलाउन समस्या देखिएको महालेखाले भनेको छ ।

    sarkarko_sampati1-679x1024.jpg
    undefined
    sarkarko_sampati2-768x991.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार