कैलाली । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोप झेलिरहेका सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई प्रहरीले पक्राउ गरेको छ ।
मायाको हत्या गरेको आरोप लागेका बैतडी शिवनाथ गाउँपालिका–४ का २२ वर्षीय भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी )मोहनकुमार आचार्यले कोली महेन्द्रनगर बजारबाट पक्राउ परेका पुष्टि गरे ।
गत बुधबार शिवनाथ गाउँपालिकामा माया घाँटी रेटेको अवस्थामा मृत भेटिएकी थिइन् । यसै क्रममा कोली माथि बैतडी पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारकाे हत्या गरेर फरार भएको आरोप छ ।