Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय


    आइतबार, मंसिर १८ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।  नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।

    आज बिहान भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा प्रेसर कुकर बमजस्तो देखिने भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो। उक्त वस्तु बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

    छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेको स्रोतले जनाएको छ। यसअघि बास्कोटाको घर  २०७६ फागुनमा बम विष्फोट भएको थियो। शंकास्पद वस्तु फेला परेपछि त्यहाँ वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको थियो। अहिले अवस्था सामान्य भएको प्रहरीको भनाई छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार