काठमाडौँ। बाँकेको राप्ती नदी तर्ने क्रममामा डुबेर दुई जनाको मृत्यु भएको छ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षका कञ्चन थारूको नदी तर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ
उनीहरू हिजो शनिबार दिउँसो नदी तर्ने क्रममा बेपत्ता भएका थिए। बेपत्ता भएका उनीहरूको शव आज बिहान ९ बजेतिर फेला परेको प्रहरीको भनाई छ
अहिले शवलाई पोस्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाईएको छ।
यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।