Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनका प्रमुख सहरमा कोभिड-१९ विरुद्धका नियम खुकुलो पार्दै 


    आइतबार, मंसिर १८ २०७९
    635
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। चिनियाँ अधिकारीहरूले कोभिड–१९ प्रतिबन्धहरू न्युन गर्न कदम जारी राखेका छन् । सेन्जेन र बेइजिङलगायत धेरै शहरहरूमा अब सार्वजनिक यातायात चढ्न कोभिडको नेगेटिभ टेस्ट आएको रिपोर्ट देखाउन आवश्यक नपर्ने भएको छ । चीनमा कोभिड संक्रमण दर तीब्र ढंगले बढिरहको र सरकारको कठोर कोभिड नीतिप्रति सर्वसाधारणले आक्रोश जनाइरहेका बेला सरकारले प्रतिबन्धलाई क्रमशः न्युन गर्दै लगेको हो । 

    ती क्षेत्रमा यात्रुहरूले अब सार्वजनिक यातायात प्रयोग गर्न वा फार्मेसीहरू, पार्कहरू र पर्यटकी क्षेत्रमा प्रवेश गर्दा कोभिड टेस्टको नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भएको छ । 

     दक्षिणी सहर चेङ्दु र तियान्जिनको उत्तरी महानगरमा लाग्दै आएको कोभिड प्रतिबन्ध खुकुलो बनाइएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार