Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्रका तीन एसपी तानिए, डीआईजी ठाडामगरमाथि पनि छानबिन हुने


    आइतबार, मंसिर १८ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  सशस्त्र प्रहरी बलले आर्थिक अनियमितताको आशंकामा तीन एसपीलाई अनुसन्धानका लागि हेडक्वार्टर तानेको छ । तानिएकाहरुमा १२ नम्बर गण बाराका प्रमुख राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टर पर्साका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्रीलाई अनियमितताको आरोपमा अनुसन्धान गर्नका लागि तानेको छ । यी तीनै एसपी एकै ब्याचका हुन् । यी एसपीका बारेमा धेरै नै गुनासो आएपछि फिर्ता बोलाइएको बताइएको छ ।

    सशस्त्र मुख्यालयले बारा र पर्सास्थित बोर्डरआउटपोष्टका केही इन्चार्जलाई पनि फिर्ता बोलाएको छ । बारा, पर्सा जस्ता तराईका जिल्लामा अनियमितता हुने गरेको गुनासोपछि सशस्त्र प्रहरीले एसपीद्वय टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वको दुई छुट्टाछुट्टै ‘मार्सल टोली’ अनुगमनम खटाएको थियो । सोही टोलीको प्रतिवेदनका आधारमा सशस्त्रले ती गणपतिलाई फिर्ता बोलाएर अनुसन्धान अघि बढाएको हो ।

    सशस्त्रका बाहिनी र गणलाई समेत थाहा नदिई एसपी नेतृत्वका दुई मार्सल टोली अनुगमनमा गएका थिए । मार्सल टोलीका आधारमा तीन एसपी फिर्ता बोलाइएका र उनीहरु अनियमिततामा संलग्न भएको पाइएमा कारबाही हुने सशस्त्रले जनाएको छ ।

    तीन एसपीमध्ये दुई बारा र पर्साका हुन् । बारा र पर्साबाट तानिएका एसपीद्वय थापा र पोखरेल तानिएपछि मधेश प्रदेशका डीआइजी गणेश ठाडामगर समेत अछुतो नरहने स्रोत बताउँछ । १२ नम्बर गण बाराका एसपी थापा र १३ नम्बर गण पर्साका एसपी पोखरेललाई फिर्ता गरी अनुसन्धान अगाडि बढाएपछि डीआइजी ठाडामगर समेत तानिनसक्ने स्रोत बताउँछ ।

    बारा र पर्सामा बाहिनीबाट सोझै खटाइएका घुमुवाले गर्दा भन्सार छली तस्करी हुने गरेको आरोप छ । केही दिनअघि बाहिनीबाट खटिएका घुमुवालाई पर्सामा स्थानीयले घेरा हालेपछि प्रहरीले नियन्त्रणमा लिनुपरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार