Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अत्यधिक धूँवा फाल्ने ३८ सवारीसाधन कारवाहीमा


    शुक्रबार, मंसिर १६ २०७९
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।ट्राफिक प्रहरीले अत्यधिक धूँवा फाल्ने ३८ सवारीसाधनमाथि कारवाही गरेको छ । काठमाडौंको बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्यधिक धूँवा फाल्ने ३८ वटा सवारीसाधनका चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

    अत्यधिक धूँवा फाल्ने १३ र यान्त्रिक अवस्था ठिक नभएका तथा धूँवासमेत फाल्ने २५ गरी ३८ वटा सवारीसाधन कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

    उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग सिंहदरवार तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त खटेको टोलीले शुक्रबार बिहान बबरमहलमा ५४ वटा सवारीसाधनलाई चेक गर्दा ३८ वटा कारवाहीमा परेका हुन् । 
    सवारीसाधन मर्मतपश्‍चात तोकिएको जरिवाना तिरी नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार