‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध करोडौको ठगी आरोपमा उजुरी
शुक्रबार, मंसिर १६ २०७९
645
Shares
२ मिनेट पाठ
645
सेयर
काठमाडौँ। नेपाली चलचित्र ‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध करोडौ रुपैँया ठगी गरेको आरोपमा उजुरी परेको छ । फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिएको भन्दै सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाएका हुन् ।
‘विपक्षी र मेरो बीचमा डिसेम्बर ६, २०२० अर्थात् नेपाली मिति २०७७।०८।२१ गर्न मा सम्पन्न भएको सम्झौता मुताविकको शर्त विपक्षीले पूरा नगरी उल्लंघन गरेको पूराका लागि फोनवाट बारम्बार ताकेता गर्दा फोन नउठाउने, विपक्षीको घरमा जाँदा भेटसम्म नदिएकोले विपक्षीले म बाट लिएको उल्लेखित रकम अनुचित तरिकाले पचाउने दूषित नियत देखिएकोले विपक्षी यस संघको सदस्य समेत भएको कारणले विपक्षीलाई यस संघमा झिकाइ सम्झौता अनुसारको म बाट लगेको भारतीय रकम रु ३ करोडको हुन आउने नेपाली रु ४ करोड ८० लाख रकम र विपक्षी लगायत उक्त चलचित्रका नायक प्रदीप खड्का, ललित विष्ट र विपक्षी समेतलाई मुम्बई जाँदा प्लेनमा लगेको टिकटको रकम रु ४,५०,०००। (चार लाख पचास हजार) सहित जम्मा रु ४ करोड ८४ लाख ५० हजार रुपैयाँ विपक्षीबाट असुल उपर गराइ न्याय दिलाई पाउँ’ राईले निर्माता संघमा दिएको उजुरीमा उल्लेख छ ।
साथै यस विषयमा थप अनुसन्धान भइरहेको छ र विवरण भने आउँन बाँकी रहेको छ।
सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेम गीत ३’ गत असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनसमेत भएको थियो।