काठमाडौँ। भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक १७ वर्षीय युवकको ज्यान गएको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ मिलरोडमा रहेको भुवन श्रेष्ठको साढे चार तले पक्की घरको चौथौ तलाबाट खसेर उनका १७ वर्षीय छाेरा भुमिनलाल श्रेष्ठको मृत्यु भएको हो ।
घरको तलाबाट खसेर छिमेकीको घर कम्पाउन्डमा पछारिएपछि उनी गम्भीर घाइते भएका थिए । घाइतेपछि उपचारका लागि नजिकैको नागरिक अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उक्त घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटी प्रारम्भिकम अनुसन्धान गरिएकाले घटनाबारे थप जानकारी लिने काम भइरहेको प्रहरीको भनाई छ ।